काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना
लोक कल्याणकारी विज्ञापन

४ चैत, खोटाङ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ ।
लोक कल्याणकारी विज्ञापन

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।
लोक कल्याणकारी विज्ञापन

दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।
बिज्ञापन

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

