राजनीति

गगन थापाले राजीनामा नदिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा नदिने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि कांग्रेसभित्र सभापति थापाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सवाल उठेपनि शुभेच्छुकहरुको सुझावअनुसार थापा राजीनामाभन्दा चुनावी समिक्षातर्फ केन्द्रीत भएका छन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले देशभरका १ सय ६५ मध्ये १८ निर्वाचन क्षेत्रमा मात्रै प्रत्यक्ष जित हासिल गर्यो । सभापति थापा स्वयं सर्लाही ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहसँग १२ हजार ८ सय ५७ मतले पराजित भए । कांग्रेसका चुनाव लडेका कोहीपनि पदाधिकारीले जित हासिल गर्न सकेकन् । समानुपातिकमा पनि कांग्रेसको जनाधार निकै संकुचित भयो ।

बिज्ञापन

२०७९ को निर्वाचनको तुलनामा कांग्रेसले समानुपातिकतर्फ ९ लाख ६६ हजार ५३ मत गुमाएको छ । संसदमा दोस्रो शक्ति भएपनि २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका ३८ जना मात्रै निर्वाचित भएका छन् । यिनै कारणले सभापति थापामाथि राजीनामाको दवाव बढ्दो छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।