राजनीति

संसदमा बादलको अभिव्यक्ति पार्टीको नीतिविपरीत: विष्णु पौडेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले बिहीबार संसदमा दिएको अभिव्यक्ति पार्टीको नीति र मान्यताविपरीत रहेको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेता बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जितलाई एआई र अल्गोरिदमको नतिजा र विदेशी शक्तिको चलखेल भनेर टिप्पणी गरेका थिए।

बिज्ञापन

उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला पौडेलले सामाजिक सञ्जालमा बादलको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। यो पार्टीको आधिकारिक धारणा नभएको उनले बताए।

उनले लेखेका छन्, ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन्।’

यस विषयमा पार्टीले समीक्षा गर्ने पनि पौडेलले जानकारी दिएका छन्। भोलि शुक्रबार तय भएको एमाले केन्द्रीय सचिवालयको बैठकमा यस सम्बन्धमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय लिइने उनले जनाए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।