घटना

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । घरायसी विवादका क्रममा पेट्रोल छर्किदा आगो लागेर बुबा–छोरी गम्भीर घाइते भएका छन् ।
प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षिय सानू नेपाली र उनकी १८ वर्षिया छोरी अञ्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घरायसी झगडाका क्रममा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खनाई आगो लगाउने प्रयास गरेका थिए ।

लोक कल्याणकारी विज्ञापन

सोही क्रममा छोरी अञ्जलीले रोक्ने प्रयास गर्दा पेट्रोल खोसाखोस भएको र दुवै जना जलेर घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए  ।

बिज्ञापन

घाइते दुवै जनाको प्रारम्भिक उपचार जिल्ला अस्पतालमा गरिएको र अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन