आस्था /आध्यात्म

भजनीको काँढाढीकमा सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भजनी, १४ वैशाख । भजनीको काँढाढीकमा सत्संग सम्पन्न भएको छ।

वैशाख १२ गते मानव एकता दिवसको अवसरमा आयोजित सत्संग कार्यक्रममा काँढाढीक सत्संग भवनका मुखी खेमराज काफ्लेले मानव एकता दिवसको महत्वमाथि प्रकाश पार्दै ‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ भन्ने सुन्दर विचारलाई आत्मसात गर्दै सन्त निरंकारी मिशनमा यस भावनाबाट ओतप्रोत भएर सन्त–भक्तहरूले रक्तदान गर्दै आएको बताउनुभयो।

बिज्ञापन

उहाँले दिनप्रतिदिन देशमा रगतको अभाव भइरहेका अवस्थामा मिशनले समय–समयमा रक्तदान गर्दै आएको र यसबाट थप सहयोग पुगेको बताउनुभयो।

बाबा गुरबचन सिंह जीको जीवनमाथि प्रकाश पार्दै उहाँले ब्रह्मज्ञानको प्राप्तिपछि मात्र भ्रमको समाप्ति हुने बताउनुभयो। निरंकारी मिशनमा आएर सत्गुरुबाट ब्रह्मज्ञान प्राप्त गरी आफूभित्र रहेका अनेकौं भ्रम–भ्रान्तिलाई समाप्त गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो।

जानु महापुरुषद्वारा हरदेव बाणी गायनबाट आरम्भ भएको सत्संग कार्यक्रममा स्थानीय सन्त–भक्तहरूले भजन तथा प्रवचनमार्फत मानव एकता दिवसबारे स्पष्ट पारेका थिए भने कार्यक्रमको सञ्चालन सर्पसिह टमट्टाले गर्नुभएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।