मनोरञ्न

बक्स अफिसमा उत्साहजनक ‘परालको आगो’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ले प्रदर्शनको पहिलो साता नै बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । चलचित्रले पहिलो दुई दिनमै एक करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो भने ६ दिनको अवधिमा दुई करोड रुपैयाँको आँकडा पार गर्न सफल भएको छ ।

निर्माता सुशील पोखरेलले बिहीबार चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांक सार्वजनिक गर्दै चलचित्रको व्यापारबारे जानकारी दिनुभएको हो । बोर्डका अनुसार बुधबारसम्म चलचित्रले घरेलु बक्स अफिसमा कुल दुई करोड ११ लाख १३ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । यसमध्ये नेट कमाइ एक करोड ८४ लाख चार हजार ३२८ रुपैयाँ छ । सोही अवधिमा चलचित्रका ७६ हजार ९३६ वटा टिकट बिक्री भएको तथ्यांकले देखाउँछ ।

बिज्ञापन

‘वर्ड अफ माउथ’ बलियो बन्दै जाँदा चलचित्रप्रति दर्शकको आकर्षण बढ्दो देखिएको छ । प्रदर्शनको सातौं दिनसम्म आइपुग्दा पनि चलचित्रका शो संख्या खासै घटेका छैनन् । बिहीबारमात्रै देशभर १४० भन्दा बढी शो पाएको फिल्मले पहिलो दिनकै बराबरीमा प्रदर्शन अवसर कायम राख्न सफल भएको छ । यसले दर्शकको निरन्तर उपस्थितिको संकेत गर्छ ।

देशभर राम्रो व्यापार गरिरहेपछि निर्माण टिम दर्शक प्रतिक्रिया बुझ्न मोफसल दौडमा समेत निस्किएको छ । मंगलबार निर्देशकसहित कलाकार टोली नेपालगञ्ज पुगेका थिए । चलचित्रका मुख्य अभिनेता प्रकाश सपुत र अभिनेत्री सिर्जना अधिकारीले बुधबार नेपालगञ्जस्थित सिनेरोयल र बागेश्वरी हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।