राजनीति

रास्वपा महाधिवेशन असार पहिलो साता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, वैशाख ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको छ ।  पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाउँदै आफ्नो सम्पूर्ण ध्यान सङ्गठन निर्माण र आन्तरिक संरचना सुदृढीकरणतर्फ केन्द्रित गरेको छ । 

पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रथम महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई आगामी राष्ट्रिय राजनीतिमा पार्टीको दीर्घकालीन रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

बिज्ञापन

बैठकबाट पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ भने सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ । यसले रास्वपाले केवल औपचारिक महाधिवेशनभन्दा पनि पार्टी संरचना, कार्यविधि र नेतृत्व प्रणालीलाई पुनर्संरचना गर्ने तयारी थालेको सङ्केत दिएको छ । विशेष गरी पार्टीले वडा तहदेखि पालिका तहसम्म अधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरी सङ्गठनलाई देशव्यापी रूपमा संस्थागत गर्ने रणनीति लिएको छ । हालसम्म समिति गठन नभएका क्षेत्रलाई प्राथमिकतामा राख्दै रास्वपाले जेठ महिनाभर सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने जनाएको छ ।

गत चैत २१ गते सम्पन्न आमनिर्वाचनपछि मुलुकको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको रास्वपाको पहिलो महाधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । रास्वपाले आगामी केही साताभित्र वडा, पालिका र स्थानीय संरचनालाई पूर्णता दिने लक्ष्य लिएको छ । पार्टीभित्र राजनीतिक समीकरण स्थापित गरी विधान संशोधनमार्फत सङ्गठनात्मक ढाँचा परिवर्तनको तयारीसँगै रास्वपाले भावी राजनीतिक ‘रोडम्याप’ तय गर्ने भएकाले यसलाई भावी राजनीतिको मार्गदिशाका रूपमा समेत जोडेर हेर्ने गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।