अवर्गीकृत

धारामा पानी छैन, सूचना ‘शुद्ध पिउने पानी’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कालीकोट, जेठ ८ गते । कर्णाली प्रदेशको मुख्य सरकारी स्वास्थ्य संस्था प्रदेश अस्पतालमा खानेपानी व्यवस्थापनको कमजोरी देखिएको छ । अस्पताल परिसरमा “शुद्ध पिउने पानी” भनेर सूचना राखिए पनि धारामा पानी नआउँदा बिरामी, कुरुवा तथा सेवाग्राही समस्यामा परेका छन् । 

लोक कल्याणकारी विज्ञापन

अस्पताल परिसरभित्र जडान गरिएका दुई ठाउँको आठवटा धारामाथि “शुद्ध पिउने पानी” लेखिएको छ । धारामा पानी भने छैन । गर्मीयाममा अस्पताल आउने बिरामी तथा आफन्तले पिउने पानी नपाउँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । 

लोक कल्याणकारी विज्ञापन

नसाको समस्या लिएर अस्पताल पुग्नुभएका रास्कोट –१ कालीकोटका रत्नप्रसाद न्यौपानेले सूचना हेरेर पानीको धारा खोल्दा पानीको थोपा समेत नचुहिने गरेको गुनासो गर्नुभयो । 

बिज्ञापन

कर्णाली प्रदेशकै प्रमुख रेफरल अस्पतालको रूपमा रहेको यस अस्पतालमा दैनिक संयौं बिरामी उपचारका लागि आउने गर्छन् । तर आधारभूत आवश्यकता मानिने स्वच्छ पिउने पानीको व्यवस्थापन प्रभावकारी नहुँदा अस्पताल प्रशासनप्रति प्रश्न उठ्न थालेको छ । 

सेवाग्राहीहरूले अस्पताल प्रशासनले सूचना टाँसेर मात्र दायित्व पूरा नहुने हुँदा नियमित रूपमा पानी उपलब्ध गराउनुपर्ने माग गरेका छन् । अस्पतालजस्तो संवेदनशील स्थानमा खानेपानी अभाव हुनु दुःखद भएको अर्का बिरामी अनिपाल शाहीको भनाइ छ ।

यस विषयमा अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीले पानी आपूर्तिमा अस्थायी समस्या आएको रहेछ भने वा प्राविधिक कारणले धारा सञ्चालनमा नरहेको के हो तत्काल आफुले समस्याको समाधान गर्ने बताउनुभयो । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन