राजनीति

रास्वपा बारा जिल्ला विस्तारित बैठकमा तनाव, प्रहरी हस्तक्षेपको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा विवाद उत्पन्न भएको छ । हिजो बाराको कलैयामा आयोजित जिल्ला विस्तारित बैठकमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि तनाव सिर्जना भएको सहभागीहरूले बताएका छन् । सहभागीका अनुसार सामान्य रूपमा चलिरहेको बैठकमा बारा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू पुगेपछि होहल्ला सुरु भएको थियो ।

लोक कल्याणकारी विज्ञापन

होहल्लापछि उत्पन्न विवादका क्रममा माननीयहरूले प्रहरी परिचालन गरेर बैठकमा हस्तक्षेप गराएको आरोप लगाइएको छ । संस्थापक पक्षका नेताहरूले आफूहरूलाई एकलौटी रूपमा दबाउन खोजिएको बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

केही दिनअघि मात्रै पार्टीले संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरेको थियो । त्यसयता रास्वपा बारा जिल्लाभित्रको विवाद थप उत्कर्षमा पुगेको बताइएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन