राजनीति

प्रधानमन्त्रीले अभिव्यक्तिको पुष्ट्याइँ नगरेसम्म संसद चल्न नदिने एमालेको अडान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमासम्बन्धी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको पुष्ट्याइँ नगरेसम्म संसद बैठक सञ्चालन हुन नदिने बताएको छ ।

लोक कल्याणकारी विज्ञापन

मंगलबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सांसद गुरु बरालले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भनाइको तथ्यगत आधार प्रस्तुत गर्नुपर्ने, अन्यथा उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

उनले प्रधानमन्त्रीको उपस्थितिको अपेक्षामा विपक्षी दलहरू लामो समयसम्म पर्खिएको उल्लेख गर्दै प्रधानमन्त्री अनुपस्थित रहेपछि संसदको अवरोध यथावत् राखिएको बताए ।

बिज्ञापन

‘प्रधानमन्त्रीज्यू संसदमा आएर आफूले दिएको अभिव्यक्तिको या त पुष्ट्याइँ गर्नुपर्छ, होइन भने फिर्ता लिनुपर्छ,’ बरालले भने, ‘आज पनि हामीले उहाँको प्रतीक्षा गर्यौँ, तर उहाँ आउनुभएन । जबसम्म स्पष्ट जवाफ आउँदैन, संसद अगाडि बढ्न दिँदैनौँ ।’

बरालले सभामुखले संसदको कारबाही अघि बढाउने प्रयास गरे पनि विपक्षी दलहरूले आफ्नो अडान कायम राखेको बताए ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण स्वदेश मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छविमा असर परेको दाबी गरे । भारतमा समेत विभिन्न किसिमका सूचना सार्वजनिक भएको र बेलायतले नेपाल–भारत सीमा विवादमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले थप अन्योल सिर्जना गरेको उनको भनाइ थियो ।

बरालले नेपालको हित, प्रतिष्ठा र राष्ट्रिय अडान जोगाउन एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सदनमा उपस्थित भएर आफ्नो धारणा स्पष्ट नगरेसम्म संसदको अवरोध जारी रहने चेतावनी दिए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन