राजनीति

रास्वपा कैलालीको जिल्ला अधिवेशन सम्पन्न, कबिन्द्र ठकुल्ला सभापतिमा निर्वाचित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले कबिन्द्र ठकुल्लालाई जिल्ला सभापतिमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिको उपसभापतिमा रामलखन थारु निर्वाचित भएका छन् भने सचिवको जिम्मेवारी मदनराज जोशीले पाएका छन्। त्यसैगरी सहसचिवमा गणेश शाही चयन भएका छन्।

बिज्ञापन

कार्यसमितिका सदस्यहरूमा लक्ष्मी खनाल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आले मगर, दीपक बी. विक, नर्दीप बी. धामीलगायत निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संगठनलाई जिल्लाभर थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशनले पार्टीको संगठन विस्तार, जनतासँगको सम्बन्ध मजबुत बनाउने तथा आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न सक्षम नेतृत्व चयन गरेको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका छन्। नवनिर्वाचित नेतृत्वलाई पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

नवनिर्वाचित सभापति कबिन्द्र ठकुल्लाले संगठनलाई एकताबद्ध बनाउँदै कैलालीमा रास्वपाको प्रभाव अझ सशक्त रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पार्टीको मूल मर्म, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

त्यस्तै अन्य पदाधिकारीहरूले पनि पार्टीलाई जनताको विश्वासको केन्द्रका रूपमा स्थापित गर्न सामूहिक रूपमा काम गर्ने धारणा राखेका छन्। अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जिल्लामा संगठन निर्माण, सदस्यता विस्तार तथा जनसरोकारका मुद्दालाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।

रास्वपा कैलालीको नयाँ कार्यसमितिलाई राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।