घटना

बदला लिन पूर्वप्रेमिकाको हत्या, सिसिटिभी र कल डिटेलले खोल्यो पोल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आफ्ना विरोधीहरूलाई हत्या अभियोगमा फसाएर आजीवन जेल कोच्ने नियतले एक युवकले आफ्नै पूर्वप्रेमिकाको हत्या गरेको सनसनीपूर्ण तथ्य खुलेको छ। 

प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–५ का २६ वर्षीय अजय माउतले आफूविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा हाल्ने किशोरीका दाजु र उनका साथीहरूलाई बदला लिन यो क्रूर प्रपञ्च रचेका थिए।

बिज्ञापन

योजनाबद्ध रूपमा बोलाएर जङ्गलमा हत्याबदलाको भावनाले चुर भएका अजयले कैलालीमा विवाह गरिसकेकी आफ्नी पूर्वप्रेमिका २० वर्षीया अवसना बानुलाई पुनः प्रेमको नाटक गर्दै जेठ २३ गते बाँके बोलाएका थिए। त्यसपछि उनले अवसनामार्फत माइती पक्षलाई ‘मेरो अपहरण भयो’ भन्दै विपक्षीहरूका तस्बिरहरू मोबाइलमा पठाउन लगाए। योजना अनुसार जेठ २६ गते अजयले अवसनालाई चिसापानीस्थित सामुदायिक वनको जंगलमा लगेर सलले घाँटी थिची हत्या गरे। 

प्रहरीलाई भ्रममा पार्न र विपक्षीहरूलाई नै दोषी देखाउन उनले शवको नजिकै विपक्षीहरूकै तस्बिरहरू छाडेर फरार भएका थिए। सिसिटिभी र कल डिटेलले खोल्यो पोलअर्कालाई फसाउन रचिएको यो चलाखी धेरै समय टिक्न सकेन। घटनाको अनुसन्धानमा जुटेको प्रहरी टोलीले चिसापानी आर्मी चेकपोस्टको सिसिटिभी फुटेज र मोबाइलको कल डिटेल रेकर्ड विश्लेषण गर्दा अजय र मृतक किशोरी सँगै देखिएका थिए। 

प्राविधिक प्रमाणका आधारमा प्रहरीले अजयलाई तत्कालै नियन्त्रणमा लिएको हो। अर्कालाई फसाउन खनेको खाडलमा अजय आफैं परेका छन्। हाल उनीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ भने प्रहरीले घटनाको थप सूक्ष्म अनुसन्धान गरिरहेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।