घटना

जङ्गली जनावरका लागि थापिएको विद्युतीय पासोमा परेर महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गुल्मी। धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो।

बिज्ञापन

प्रहरीका अनुसार गए राति करिब १ः३० बजे विद्युतीय करेन्ट लागेर गम्भीर घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर, विशेषगरी बँदेल, नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो थाप्नुभएको थियो। सोही पासोमा परी हुमकला भण्डारीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले मृतकका श्रीमान् भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।