विद्यालय बसको ठक्करबाट ५ वर्षीया बालिका र सहचालकको मृत्यु

सिरहा। सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा विद्यालय बसको ठक्करबाट एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।
बुधबार अपराह्न करिब ४ः१५ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले किचेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा लहान नगरपालिका–२२ निवासी २५ वर्षीय बसका सहचालक ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन घर भई हाल मावलीको घर लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सामा बस्दै आएकी ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। साथै दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
