अवर्गीकृत

भारतमा अलपत्र अवस्थामा फेला परे नेपाली बालक, आफन्तलाई तत्काल सम्पर्क गर्न आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिल्ली भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली बालक फेला परेका छन्। उनी जनकपुरका रञ्जित सदा रहेको खुल्न आएको छ।

प्राप्त जानकारीअनुसार रञ्जित सदाका बुबाको नाम नकनिया सदा रहेको छ। उनको स्थायी ठेगाना जनकपुरको गंगानगर नगरपालिका–८ रहेको बताइएको छ। उनी दिल्लीमा फलफूल पसलमा काम गर्ने गरेको जानकारी प्राप्त भएको छ।

बिज्ञापन

हाल रञ्जित सुरक्षित अवस्थामा रहेका छन्। सम्बन्धित संस्थाका अनुसार उनका परिवारजन तथा आफन्तको खोजी कार्य जारी रहेको छ।

रञ्जित सदालाई चिन्ने, उनका परिवारजन वा आफन्तजनले आवश्यक जानकारी तथा समन्वयका लागि किन इन्डिया (Kin India) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्पर्क नम्बर:

  • दिल्ली (भारत): +91 99584 13944
  • नेपाल: +977 98510 60588

सम्बन्धित संस्थाले रञ्जितका परिवारजनसम्म यो सूचना पुर्‍याइदिन तथा आवश्यक समन्वयका लागि सबैमा सहयोगको अपिल गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।