राष्ट्रिय समाचार

दीपा नेपालीको धर्नाले ९० दिन पार गर्‍यो, सरकारको मौनता कहिलेसम्म ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ३ साउन । दीपा नेपालीले निरन्तर धर्ना थालेको ९० दिन पूरा हुँदा पनि सरकारले आवश्यक संवेदनशीलता नदेखाएको भन्दै सरोकारवालाले गम्भीर चासो व्यक्त गरेका छन्।

उनीहरूले धर्ना सुरु भएको लामो समय बितिसक्दा पनि सरकारका जिम्मेवार निकायबाट ठोस पहल नभएको बताएका छन्। विशेषगरी, गृहमन्त्रीले धर्नास्थलमै पुगेर दीपा नेपालीसँग भेटघाट तथा संवाद नगरेको विषयप्रति समेत प्रश्न उठाइएको छ।

बिज्ञापन

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदबाट माफी मागेको घटनालाई लिएर पनि विभिन्न कोणबाट टिप्पणी भइरहेको छ। सरोकारवालाको भनाइमा केवल माफी माग्नु मात्र पर्याप्त नभई समस्याको दीर्घकालीन, योजनाबद्ध र रचनात्मक समाधानतर्फ सरकार र सम्बन्धित पक्षले ठोस पहल गर्न आवश्यक छ।

उनीहरूले यस्ता घटनालाई केवल व्यक्तिगत वा राजनीतिक विषयका रूपमा नभई समाजमा देखिएको मनोसामाजिक समस्याका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरेका छन्। यस्तो प्रवृत्तिको समयमै सम्बोधन गरी घृणा, विभेद र असहिष्णुतामुक्त स्वस्थ समाज निर्माणका लागि राज्यले प्रभावकारी नीति, संवाद र आवश्यक उपचारात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

सरोकारवालाले सम्बन्धित निकायसँग दीपा नेपालीको धर्ना र त्यससँग जोडिएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै समयमै आवश्यक पहल थाल्न माग गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।