कृषि यन्त्रीकरणले हराए गोरु र रागाँ, खेतमा ट्याक्टर र पावर टिलरको दबदबा

टीकापुर, ७ साउन । कुनै समय कृषि कर्ममा गोरु र रागाँ किसानका प्रमुख सहायक मानिन्थे। खेत जोत्नदेखि रोपाइँसम्म उनीहरूको महत्वपूर्ण भूमिका रहने गरेको थियो। तर समयसँगै कृषि क्षेत्रमा यन्त्रीकरण बढ्दै जाँदा परम्परागत कृषि अभ्यास विस्तारै हराउँदै गएको छ।
अहिले जिल्लाभरका अधिकांश खेतमा गोरु र रागाँको स्थान ट्याक्टर र पावर टिलरले लिएका छन्। आधुनिक कृषि यन्त्रको प्रयोग बढेसँगै किसानले छिटो, सहज र कम श्रममा खेत तयारी गर्न थालेका छन्।

किसानका अनुसार ट्याक्टर र पावर टिलरको प्रयोगले समयको बचत हुनुका साथै रोपाइँको काम पनि निर्धारित समयमा सम्पन्न गर्न सहज भएको छ। श्रमिक अभाव र बढ्दो लागतका कारण पनि किसानहरू आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका छन्।
कृषि यन्त्रीकरणको विस्तारसँगै उत्पादनशीलता बढ्ने अपेक्षा गरिए पनि परम्परागत रूपमा कृषि कर्ममा प्रयोग हुँदै आएका गोरु र रागाँ भने अहिले गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
