घटना

‘रुनका लागि पनि समय पर्खिनुपर्ने रहेछ’ — प्रेमप्रसाद आचार्यकी श्रीमतीको भावुक सम्झना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती ननुका अधिकारीले श्रीमान गुमाएपछि आफूले भोगिरहेको पीडा र जिम्मेवारीबारे भावुक अनुभव साझा गरेकी छन्। Nepal Lead का लागि पत्रकार राजेन्द्र बानियाँसँगको कुराकानीमा उनले श्रीमानको निधनपछि आफ्नो जीवन पूर्ण रूपमा बदलिएको बताएकी हुन्।

ननुका अधिकारीका अनुसार प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुभन्दा करिब एक घण्टाअघि मात्र फोन गरेर साँझ रात्रीबस चढेर इलाम घर आउने बताएका थिए। “उहाँले आज घर आउँछु भन्नुभएको थियो। सानी छोरी पनि बुबा आउनुहुन्छ भनेर निकै खुसी थिइन्,” उनले सम्झिइन्।

बिज्ञापन

तर त्यसको केहीबेरमै आफन्तबाट आएको फोनले सबै कुरा बदलियो। आफन्तले श्रीमानले फेसबुकमा लेखेको अन्तिम स्टाटस हेर्न आग्रह गरेपछि उनले बारम्बार फोन गर्न खोजे पनि सम्पर्क हुन सकेन। त्यसपछि लगातार आएका फोनहरूले अप्रिय घटना घटिसकेको संकेत दिएको उनले बताइन्।

त्यस्तो कठिन परिस्थितिमा पनि आफूले परिवारप्रतिको जिम्मेवारीबाट पछि नहटेको उनले सुनाइन्। “९५ वर्षीया हजुरआमा र साना छोराछोरीलाई खाना बनाएर खुवाएँ। त्यतिबेला पनि मेरो पहिलो जिम्मेवारी परिवार नै थियो,” उनले भनिन्।

श्रीमानको निधनको पीडा अझै ताजै रहेको बताउँदै उनले आफ्नो दैनिक जीवन जिम्मेवारीले भरिएको बताए। “मलाई लाग्छ, रुनका लागि पनि समय पर्खिनुपर्ने रहेछ। सबै काम सकाएर, छोराछोरीलाई सुताएपछि कोठाको ढोका बन्द गरेर मात्रै रुन्छु। उनीहरूको अगाडि म कहिल्यै रुन सक्दिनँ,” उनले भावुक हुँदै भनिन्।

उनले अहिले पनि आफ्ना व्यक्तिगत भावना र पीडाभन्दा परिवारको जिम्मेवारीलाई प्राथमिकता दिँदै आएको बताइन्। “मेरो जिम्मेवारी पूरा गरेर आराम गर्ने समय नै रुन र आफ्नै बारेमा सोच्ने समय बनेको छ,” उनले भनिन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।