अर्थ

रेमिट्यान्सले दिलायो बम्पर उपहार, साउदीमा रहेका नेपालीले जिते बीवाईडी एट्टो १ इलेक्ट्रिक कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ७ साउन । साउदी अरबमा रोजगारी गर्दै आएका विराटनगरका अभिषेक कालाखेतीले नियमित रूपमा नेपालमा पठाउँदै आएको रेमिट्यान्सले उनको परिवारलाई बम्पर उपहार दिलाएको छ। टिक्मो डिजिटल वालेटमार्फत आईएमई प्रयोग गरी रकम पठाएका कालाखेतीले ‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ अभियानअन्तर्गत बीवाईडी एट्टो १ इलेक्ट्रिक कार जितेका हुन्।

कमाएको रकम परिवारसम्म सुरक्षित, छिटो र सहज रूपमा पुग्ने उद्देश्यले नियमित रूपमा रेमिट्यान्स पठाउँदै आएका कालाखेतीले पुरस्कारको अपेक्षा भने गरेका थिएनन्। तर अभियानअन्तर्गत भएको डिजिटल लक्की ड्रमा उनको नाम बम्पर उपहारका लागि छनोट भएको हो।

बिज्ञापन

मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिक्मोका प्रतिनिधिले कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई इलेक्ट्रिक कारको साँचो हस्तान्तरण गरेका थिए।

श्रीमानले विदेशमा कठिन परिश्रम गरेर कमाएको रकम घर पठाउँदै आएका थिए। त्यही रेमिट्यान्सले एक दिन आफ्नै परिवारलाई नयाँ गाडी दिलाउला भन्ने कल्पनासमेत नगरेकी कल्पनाले साँचो ग्रहण गर्दा खुसी व्यक्त गरिन्।

यही अभियानअन्तर्गत युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओभिन इलेक्ट्रिक स्कुटर जितेका छन्। त्यस्तै, १२ जना भाग्यशाली सेवाग्राहीले नयाँ आईफोन १७ प्राप्त गरेका छन् भने पाँच जनाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार जितेका छन्।

आईएमईमार्फत वैधानिक रूपमा रेमिट्यान्स पठाउने सेवाग्राहीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले विदेशमा कार्यरत नेपालीलाई सुरक्षित माध्यमबाट पैसा पठाउन थप उत्प्रेरित गरेको कम्पनीले जनाएको छ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार साउदी अरबमा रहेका नेपालीका लागि अगस्ट १ देखि टिक्मोसँगको सहकार्यमा अर्को नयाँ आकर्षक योजना पनि सञ्चालनमा ल्याइनेछ।

वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउँदा रकम सुरक्षित रूपमा गन्तव्यसम्म पुग्नुका साथै यस्ता पुरस्कार योजनाले वैदेशिक रोजगारीमा रहेका नेपाली र उनका परिवारमा थप उत्साह र खुसी प्रदान गर्ने विश्वास कम्पनीको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।