घटना

श्रीमानसँग विवादपछि घर छाडेकी होटल व्यवसायी महिलाको वनबाट सकुशल उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, ८ साउन । कैलालीमा श्रीमानसँग विवादपछि घर छाडेर हिँडेकी एक महिलालाई प्रहरीले गोदावरी वन क्षेत्रबाट सकुशल उद्धार गरेको छ।

गोदावरी नगरपालिका–२ निवासी करिब ३५ वर्षीया ती महिला बिहीबार श्रीमानसँगको विवादपछि ‘मर्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। आमा घरबाट सम्पर्कविहीन भएपछि उनकी छोरीले रुँदै इलाका प्रहरी कार्यालय मालाखेतीमा फोन गरी सहयोग मागेकी थिइन्।

बिज्ञापन

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा प्रहरीले ती महिलालाई गोदावरी वन क्षेत्रबाट सकुशल फेला पारेर उद्धार गरेको जनाएको छ।

उद्धारपछि महिलालाई आवश्यक परामर्शसहित बिहीबार नै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उद्धार गरिएकी महिला अत्तरिया क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी छन्। प्रहरीले पारिवारिक विवादका कारण भावनात्मक निर्णय नलिन र समस्या परेमा परिवार, आफन्त वा सम्बन्धित निकायसँग सहयोग लिन आग्रह गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।