अवर्गीकृत

चिसापानी–कुइने सडकको निरीक्षणपछि तत्काल सुधार गर्न सांसद खनालको निर्देशन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चिसापानी, १० साउन। प्रतिनिधिसभा सदस्य केपी खनालले शनिबार चिसापानी–कुइने सडकखण्डको स्थलगत निरीक्षण गरी वर्षायामका कारण सर्वसाधारणले भोग्दै आएको समस्याप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ।

निरीक्षणपछि सांसद खनालले वर्षायाममा उक्त सडक हुँदै आवतजावत गर्ने सुर्खेत, अछाम तथा कैलालीको मोहन्याल क्षेत्रका नागरिकले हिलाम्मे सडक, सवारी आवागमनमा अवरोध र दैनिक यात्रामा सास्ती भोग्नुपरेको भन्दै त्यसको तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

बिज्ञापन

उहाँले सडक डिभिजन कार्यालय महेन्द्रनगर तथा निर्माणको जिम्मेवारी लिएको ठेक्का कम्पनीलाई सडक मर्मत कार्यमा ढिलाइ नगरी प्रभावकारी रूपमा काम अघि बढाउन निर्देशन दिनुभएको हो। वर्षाका कारण बिग्रिएको सडकलाई यथाशीघ्र सञ्चालनयोग्य बनाउँदै यात्रुलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन उहाँले जोड दिनुभयो।

सांसद खनालले हिलाम्मे तथा बढी समस्या भएका सडकखण्डमा आवश्यक परे तत्काल परिचालन गर्न सडक विभागको डोजर र टिप्पर तयारी अवस्थामा राखिएको जानकारी पनि दिनुभयो। सडक मर्मत कार्यलाई तीव्रता दिई वर्षायाममा नागरिकले भोग्दै आएको सास्ती अन्त्य गर्न सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ।

चिसापानी–कुइने सडकखण्ड सुर्खेत, अछाम तथा मोहन्याल क्षेत्रका नागरिकका लागि प्रमुख यातायात मार्ग भएकाले वर्षायाममा सडकको अवस्था बिग्रँदा दैनिक जनजीवन, अत्यावश्यक सेवा तथा वस्तु ढुवानीसमेत प्रभावित हुने गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।