घटना

बाको पार्थिव शरीरअघि ८ वर्षीय छोराको अन्तिम मौन भेट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा, ९ साउन । कैलालीको लम्कीचुहा नगरपालिका–३, व्यवस्थित नगरका ८ वर्षीय एक बालकले आफ्ना जन्मदाता पिताको दाहसंस्कारअघि पार्थिव शरीरको अन्तिम दर्शन गर्दै भावुक बनेका छन्। बुबासँगको अन्तिम भेटका रूपमा उनले मौन भएर पार्थिव शरीर नियालिरहेको दृश्यले उपस्थित आफन्त, छिमेकी तथा स्थानीयवासीलाई भावुक बनाएको थियो।

लोक कल्याणकारी विज्ञापन

पारिवारिक स्रोतका अनुसार दाहसंस्कारअघि अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा बालकले बुबाको पार्थिव शरीर नजिक उभिएर केहीबेर मौन श्रद्धाञ्जली व्यक्त गरेका थिए। बालकको पीडादायी अवस्थाले उपस्थित सबैको मन छोएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

आफ्नो अभिभावक गुमाउनु कुनै पनि बालबालिकाका लागि अत्यन्तै पीडादायी र अपूरणीय क्षति हो। विशेषगरी कम उमेरमै बुबाको स्नेह र साथ गुमाउनुपर्दा त्यसको मानसिक र भावनात्मक प्रभाव दीर्घकालसम्म रहन सक्ने मनोविद्हरू बताउँछन्।

बिज्ञापन

यस हृदयविदारक घटनाले परिवार मात्र होइन, समग्र स्थानीय समुदायलाई समेत स्तब्ध बनाएको छ। शोकाकुल परिवारप्रति स्थानीयवासीले गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन