‘पाथीभारा माता’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

सुर्खेत, १३ साउन । आफूलाई ‘पाथीभारा माता’ भनेर चिनाउँदै सामाजिक सञ्जालमार्फत विवादास्पद तथा भ्रमपूर्ण सामग्री प्रसारण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समिर थापा रहेका छन्। सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक आस्थामा आँच पुर्याउने, आम नागरिकमा भ्रम सिर्जना गर्ने तथा सामाजिक सद्भावमा नकारात्मक असर पार्ने प्रकृतिका सामग्री प्रसारण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीको विशेष टोलीले साउन १३ गते राति करिब ८ः३० बजे थापालाई पक्राउ गरेको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी कविन्द्र सिंह बोहराले जानकारी दिए।
प्रहरीले सामाजिक सञ्जालको प्रयोग जिम्मेवारीपूर्वक गर्न तथा कानुनविपरीतका भ्रमपूर्ण वा भ्रामक सामग्री उत्पादन, प्रसारण वा साझेदारी नगर्न सबै नागरिकलाई आग्रह गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
