टीकापुर

टीकापुर–राजापुर जोड्ने भोलुङ्गे पुल अस्थायी रूपमा बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १३ साउन । कैलालीको टीकापुर नगरपालिका–५ कर्मिडाँडा र बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुर जोड्ने दौलतपुर घाटस्थित मल्टि स्पान भोलुङ्गे पुल साउन १४ गतेदेखि एक साताका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।

लोक कल्याणकारी विज्ञापन

निर्माण व्यवसायी थानी निर्माण सेवा प्रालिले जारी गरेको सूचनाअनुसार परीक्षणका क्रममा प्राविधिक समस्या देखिएपछि आवश्यक मर्मत तथा सुधार कार्य गर्न पुलमा आवतजावत रोक्न लागिएको हो।

लोक कल्याणकारी विज्ञापन

पुल बन्द रहने अवधिमा स्थानीय बासिन्दा, सर्वसाधारण तथा पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्माण कम्पनीले अनुरोध गरेको छ। यसबाट आवागमनमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै प्राविधिक सुधार सम्पन्न भएपछि पुल पुनः सञ्चालनमा ल्याइने जनाएको छ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन