कतारमा रहेको भन्दै परिवारलाई झुक्याएकी युवतीको शव झापामा फेला
लोक कल्याणकारी विज्ञापन

झापा, १४ साउन । झापाको मेचीनगर–६ स्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा सर्लाहीकी २९ वर्षीया कविताकुमारी ढुंगानाको शव फेला परेको छ। परिवारले उनी दुई वर्षदेखि कतारमा रहेको विश्वास गरे पनि प्रहरी अनुसन्धानबाट उनी कतार गएको सात महिनामै नेपाल फर्किएर वीरगञ्जका रतन गुप्तासँग विवाह गरी उक्त विद्यालयमा अध्यापन गर्दै बसेको खुलेको छ।
लोक कल्याणकारी विज्ञापन

कोठाबाट दुर्गन्ध आएपछि प्रहरीले शव बरामद गरेको हो। घटनापछि श्रीमान् रतन गुप्ता फरार रहेका छन्। उनले आत्महत्यापछि डरले भागेको दाबी गरे पनि घटनास्थितिले शंका उत्पन्न गरेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

प्रहरीले शव पोस्टमार्टमका लागि धरान पठाउने तयारी गरेको छ भने फरार गुप्ताको खोजी जारी छ। मृत्यु आत्महत्या हो वा हत्या भन्ने विषय पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

