घटना

बाँकेमा दुई किशोरीमाथि सामूहिक बलात्कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाँके, १८ साउन । दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा बाँके प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

जबर्जस्ती करणीपछि फरार रहेका खजुरा गाउँपालिका–२ निवासी २८ वर्षीय मोहन सत्याललाई घटनाको एक सातापछि प्रहरीले आइतबार पक्राउ गरेको हो। 

यही साउन ११ गते राति करिब ७स्३० बजे कोहलपुर नगरपालिका–११, हरियालीमार्ग बसपार्क नजिक रहेको सत्यानी गेष्ट हाउसमा लगेर सत्यालसँगै सोही ठाउँका २० वर्षीय प्रदीप सुनारले दुई किशोरीलाई रातभर बलात्कार गरेको आरोप छ। 

उनीहरुले १४ र १५ वर्षीया दुई किशोरीलाई गेष्ट हाउसमा लगेर रातभर पालैपालो सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा उजुरी परेपछि प्रहरीले खोजतलास अघि बढाएको थियो।

घटनापछि प्रतिवादी प्रदीप सुनारलाई साउन १२ गते नै प्रहरीले पक्राउ गरेको थियो। 

फरार रहेका सत्याललाई साउन १७ गते बाँकेको खजुरा गाउँपालिका–५ स्थित नेपालगञ्ज–गुलरिया हुलाकी सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका दुवैलाई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।