घटना

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, परिचय खुल्न बाँकी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षका दुई नेपालीको मृत्यु भएको हो।

दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर टाढा रहेको बाकाउ सहरको चिमीई रेलमार्ग क्षेत्रमा बिहान ३:२१ बजे भएको जनाइएको छ। रेलले ठक्कर दिएपछि घटनास्थलमै उनीहरूको मृत्यु भएको बताइएको छ।

मृतक दुवै नेपाली नागरिक भए पनि उनीहरूको औपचारिक परिचय अझै सार्वजनिक गरिएको छैन। स्थानीय अधिकारीहरूले पहिचान खुलाउने प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।

रोमानिया समेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेको छ। दूतावासका तृतीय सचिव दिपेन्द्रप्रसाद साहले आवश्यक समन्वय सुरु गरिएको बताएका छन्।

“दुःखद घटनाबारे बिहानै जानकारी प्राप्त भएको छ। सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ,” उनले बताए।

रोमानियामा करिब ५० हजार नेपाली कामदार रहेको अनुमान गरिन्छ। तर, नेपाल सरकारको त्यहाँ छुट्टै दूतावास वा कूटनीतिक नियोग नभएकाले आपत्कालीन अवस्थाहरूमा बर्लिनस्थित नेपाली दूतावासमार्फत कन्सुलर सेवा र समन्वय गरिँदै आएको छ। बर्लिनबाट रोमानियाको दूरी करिब दुई हजार किलोमिटर रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।