घटना

छोराको अपरेशनअघि भगवानसँग बसन्तीको प्रार्थना, ‘मेरो सानो बाबुको रक्षा गरिदिनु’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी बसन्तीले आफ्नो छोराको अपरेशनअघि भावुक हुँदै भगवानसँग छोराको स्वास्थ्य लाभको कामना गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले केही समयमै छोराको अपरेशन सुरु हुन लागेको जानकारी दिँदै आफ्नो ‘मुटुको टुक्रा’लाई डाक्टरको जिम्मा लगाउन लागेको उल्लेख गरेकी छन्। उनले अपरेशन सफल होस् र छोरा छिट्टै निको भएर फेरि आफ्नो काखमा मुस्कुराउँदै फर्कियोस् भन्ने प्रार्थना गरेकी छन्।

बसन्तीले लेखेकी छन्, “केही समयमै मेरो मुटुको टुक्रालाई डाक्टरको हातमा सुम्पिँदै छु। हे भगवान, मेरो सानो बाबुको रक्षा गरिदिनु। उसको अपरेशन सफल होस्, उसलाई छिट्टै निको पारेर फेरि मेरो काखमा मुस्कुराउँदै फर्काइदिनु। यही एउटा प्रार्थना छ।”

उनको उक्त भावुक सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ। शुभेच्छुकहरूले पनि उनको छोराको अपरेशन सफल होस् भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।