घटना

मोतिपुरमा अनटेस्ट मोटरसाइकल दुर्घटना, चालक घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मोतिपुर, २५ साउन । कैलालीको लम्कीचुहामा अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–२ मोतिपुर चोकमा गएराति मोटरसाइकल दुर्घटना भएको हो। प्रहरीका अनुसार नम्बर नखुलेको मोटरसाइकल चालकले नियन्त्रण गुमाएपछि सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा लम्कीचुहा नगरपालिका–४ का दिलिप विक घाइते भएका छन्। दुर्घटनापछि उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।