प्रेमका लागि श्रीमान् छाडिन्, प्रेमीमाथि भरोसा गरिन्; अन्ततः प्रेमीकै हातबाट ज्यान गुमाइन्

भारत । बिहारको नवादा घर भएकी २० वर्षीया युवतीले प्रेमी ऋषभ कुमार सिंहसँग नयाँ जीवन सुरु गर्ने सपना देख्दै श्रीमान् छाडेर दादरा तथा नगर हवेलीको सिलवास पुगेकी थिइन्। त्यहाँ उनीहरूले विवाहसमेत गरेको बताइएको छ।
तर विवाहपछि उनीहरूबीच विवाद बढ्दै गयो। प्रहरीका अनुसार विवादकै क्रममा ऋषभले युवतीको घाँटी थिचेर हत्या गरेको आरोप छ। हत्या गरेपछि शवलाई प्लास्टिकमा बेरेर सुटकेसभित्र राखी कोठामा लुकाइएको र बाहिरबाट ताला लगाएर आरोपी फरार भएको प्रहरीले जनाएको छ।
करिब दुई महिनापछि घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै आरोपी ऋषभको खोजी सुरु गरेको थियो। उनलाई उत्तर प्रदेशको वाराणसीबाट पक्राउ गरिएको बताइएको छ।
प्रहरीले घटनाको कारण र हत्यासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रेमका लागि नयाँ जीवनको सपना देखेकी युवतीको दुःखद अन्त्यले सम्बन्धमा विश्वाससँगै सचेतनाको आवश्यकता पनि औँल्याएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
