एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले गुरही र सोंटा बनाउने कार्यशाला सम्पन्न

हसुलिया, ३१ साउन । परम्परागत ज्ञान, सीप र संस्कृतिलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले गोहिनके फाउन्डेसनद्वारा आयोजित तथा कैलारी गाउँपालिकाको सहयोगमा गुरही र सोंटा बनाउने कार्यशाला सम्पन्न भएको छ।
कार्यशालामा स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत सीपसँग सम्बन्धित गुरही र सोंटा बनाउने विधिबारे सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। नयाँ पुस्तालाई आफ्ना मौलिक परम्परा, संस्कृति र सीपसँग जोड्दै संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यशालाले स्थानीय समुदायमा प्रचलित परम्परागत ज्ञान र सीपको संरक्षण गर्नुका साथै युवा पुस्तालाई आफ्नै मौलिक संस्कृति र पहिचानप्रति अभिमुख गराउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। साथै, यस्ता कार्यक्रमले लोप हुँदै गएका परम्परागत कला तथा सीपलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
