अर्थ

करको भार घटाऊ, विद्युत्को उपयोग बढाऊ : कुलमानका मागमा जनदबाब

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । विद्युत् खपतलाई प्रोत्साहन, विद्युतीय सवारीसाधनको प्रयोग विस्तार तथा विद्युत् महसुलको बक्यौता असुलीको माग गर्दै कुलमान घिसिङको समर्थनमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।

अभियानमार्फत इन्डक्सन चुलो तथा विद्युतीय सवारीसाधनमा लगाइएको ७० देखि ८० प्रतिशतसम्मको महँगो कर खारेज गरी हरित ऊर्जालाई प्रोत्साहन गर्न सरकारसँग माग गरिएको छ।

त्यस्तै, पेट्रोल, डिजेल र ग्यासको आयातलाई प्राथमिकता दिने सरकारी नीतिको अन्त्य गर्दै स्वदेशमै उत्पादन हुने विद्युत्को अधिकतम उपयोग गर्ने वातावरण बनाउनुपर्ने माग अभियानका क्रममा उठाइएको छ।

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उद्योगी–व्यवसायीबाट उठ्न बाँकी रहेको अर्बौं रुपैयाँको विद्युत् महसुल तत्काल असुल गर्नुपर्नेमा पनि अभियानले जोड दिएको छ।

राइड सेयरिङमार्फत रोजगारी गरिरहेका व्यक्ति तथा साधारण श्रमिकमाथि लगाइएको चर्को करको भार हटाउनुपर्ने मागसमेत अघि सारिएको छ।

अभियानमा सहभागीहरूले विद्युत् उत्पादन बढाउँदै स्वदेशमै खपत विस्तार गर्न सके पेट्रोलियम पदार्थको आयात घटाउनुका साथै देशको अर्थतन्त्रलाई समेत मजबुत बनाउन सकिने बताएका छन्। उनीहरूले विद्युत् खपत बढाउने नीति, बक्यौता महसुल असुली र श्रमिकमैत्री कर प्रणालीका लागि उठाइएका यी मागहरू जायज रहेको दाबी गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।