घटना

४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– भारतको तेलंगाना प्रदेशस्थित सूर्यापेटमा निजी ट्राभल बस र ट्रक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही यात्रु गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार बिहान करिब ५:२० बजे सूर्यापेटको दुर्गापुरम स्टेजनजिक उक्त दुर्घटना भएको हो। हैदराबादबाट विजयवाडातर्फ जाँदै गरेको निजी ट्राभल बस ट्रकसँग ठोक्किएको थियो। दुर्घटनाका बेला बसमा कुल ४३ जना यात्रु सवार थिए।

दुर्घटनापछि प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरेको जनाएको छ।  दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

1140x725

काठमाडौ । भारतको तेलंगाना प्रदेशस्थित सूर्यापेटमा निजी ट्राभल बस र ट्रक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही यात्रु गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार बिहान करिब ५:२० बजे सूर्यापेटको दुर्गापुरम स्टेजनजिक उक्त दुर्घटना भएको हो। हैदराबादबाट विजयवाडातर्फ जाँदै गरेको निजी ट्राभल बस ट्रकसँग ठोक्किएको थियो। दुर्घटनाका बेला बसमा कुल ४३ जना यात्रु सवार थिए।

दुर्घटनापछि प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरेको जनाएको छ।  दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।