घटना

बाढीले बगाएर नेपालबाट भारत पुगेका पाँच हात्तीको सकुशल उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेपालमा आएको भीषण बाढीले बगाएर भारतको उत्तर प्रदेश पुगेका पाँच वटा हात्तीको सकुशल उद्धार गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

बाढीका कारण नेपालबाट बग्दै भारतको उत्तर प्रदेश पुगेका ती हात्तीलाई भारतीय वन विभाग तथा सम्बन्धित निकायको टोलीले उद्धार गरेको जनाइएको छ।

लोक कल्याणकारी विज्ञापन

बाढीको तीव्र बहावसँगै भारत पुगेका हात्तीहरूलाई सुरक्षित स्थानमा ल्याउन भारतीय वनकर्मी तथा उद्धार टोली परिचालन गरिएको थियो। टोलीले उद्धार गरी हात्तीहरूलाई सुरक्षित राखेको बताइएको छ।

बिज्ञापन

प्राकृतिक विपद्का कारण वन्यजन्तुसमेत प्रभावित भइरहेका बेला नेपालबाट बाढीले बगाएर भारत पुगेका पाँच हात्तीको सकुशल उद्धार हुनुलाई सकारात्मक घटनाका रूपमा लिइएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन