काठमाडौ आइपुग्यो भारतीय उद्धार टोली, घटनास्थलतर्फ जाने तयारी
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धारमा सहयोग गर्न भारतीय उद्धार टोली नेपाल आइपुगेको छ।
लोक कल्याणकारी विज्ञापन

भारतीय उद्धार टोली काठमाडौँस्थित भारतीय दूतावासमा पुगेको नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले जानकारी दिएका छन्।
लोक कल्याणकारी विज्ञापन

नेपाल सरकारको निर्देशनअनुसार टोली आवश्यक समन्वयपछि बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्ने तयारीमा रहेको जनाइएको छ।
बिज्ञापन

यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीमा परेर केही व्यक्ति बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन भारतीय उद्धार टोली नेपाल आएको हो।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

