घटना

मैलुङ–हाक्कुबेसी हाइड्रोपावर सुरुङबाट निस्किएका टीकापुरका चौधरीसँग इ. प्रकाश बिष्टको भेट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १५ भाद्र । मैलुङ–हाक्कुबेसी हाइड्रोपावरको सुरुङबाट सकुशल बाहिरिनुभएका टीकापुर–१ निवासी बेशराम चौधरीसँग इन्जिनियर प्रकाश बिष्टले भेट गरी घटनाबारे जानकारी लिनुभएको छ।

भेटका क्रममा चौधरीले सुरुङभित्र अझै केही व्यक्ति फसेको हुनसक्ने जानकारी दिनुभएको जनाइएको छ। सुरुङभित्र रहेका व्यक्तिहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उहाँले तत्काल प्रभावकारी उद्धार आवश्यक रहेको बताउनुभएको छ।

सरकारको तर्फबाट सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि आवश्यक कार्य अघि बढिसकेको जनाइएको छ। घटनापछि पीडित तथा प्रभावित परिवारको प्रतिनिधित्व गर्दै इ. बिष्टले सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय गर्दै उद्धार तथा राहतका लागि आवश्यक पहल गरिरहनुभएको बताइएको छ।

बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा समेत बिष्टले जोड दिनुभएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।