अवर्गीकृत

हावाहुरी र असिनाले पहलमानपुरमा पाक्न लागेको धानबालीमा क्षति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली, २१ असोज — घोडाघोडी नगरपालिका–१० पहलमानपुर क्षेत्रमा आएको हावाहुरी र असिनापानीले पाक्न लागेको धानबालीमा क्षति पुर्‍याएको छ। अचानक आएको हावाहुरी र असिनासहितको वर्षाले धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन्।

लोक कल्याणकारी विज्ञापन

तीव्र हावाहुरीका कारण विभिन्न स्थानमा रूखसमेत ढलेका छन्। रूख ढल्दा विद्युत्का पोल तथा तारमा असर परेको स्थानीयले बताएका छन्। केही स्थानमा रूख ढलेर सडक अवरुद्ध हुनुका साथै विद्युत् आपूर्तिमा समेत समस्या आएको बताइएको छ।

लोक कल्याणकारी विज्ञापन

काट्ने तयारीमा रहेको धानबालीमा असिनापानी र हावाहुरीले क्षति पुर्‍याएपछि किसानले यस वर्षको उत्पादन प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

हावाहुरी र असिनापानीबाट भएको क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ। स्थानीय प्रशासन तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने काम भइरहेको जनाएका छन्।

लोक कल्याणकारी विज्ञापन
AD