टीकापुरमा सातवटा टोल विकास संस्थाका सदस्यलाई सामुदायिक सहयोगी तालिम

टीकापुर, २१ असोज — स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तीकरण कार्यक्रमअन्तर्गत सामुदायिक सहयोगी तालिम भाग–३ सम्पन्न भएको छ।

टीकापुर नगरपालिका–२ विजयनगरस्थित सामुदायिक वडघर भवनको हलमा सञ्चालन गरिएको तीनदिने तालिम बुधबार सम्पन्न भएको हो। असोज १८ गतेदेखि सुरु भएको तालिममा वडा नं. २ मा नवगठित सातवटा टोल विकास संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो।

तालिममा टोल विकास संस्थाको भूमिका, स्थानीय सुशासनमा समुदायको सहभागिता तथा सामाजिक विकासका क्षेत्रमा संस्थाले निर्वाह गर्न सक्ने भूमिकाबारे सहजीकरण गरिएको आयोजकले जनाएको छ।

तालिममा सहभागीहरूले स्थानीयस्तरमा समुदायलाई संगठित गर्दै सुशासन र विकास निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।
तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागी सम्पूर्णलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।

