टीकापुरमा टोल विकास संस्थाका पदाधिकारीलाई तालिम
लोक कल्याणकारी विज्ञापन

टीकापुर, १३ कात्तिक । टीकापुर नगरपालिका–१ मा नवगठित टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यका लागि सञ्चालित तीनदिने सामुदायिक सहयोगी तालिम सम्पन्न भएको छ ।
लोक कल्याणकारी विज्ञापन


स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत कात्तिक १० गतेदेखि वडा नम्बर १ को ब्लक नम्बर २१ स्थित सांस्कृतिक भवनमा तालिम सञ्चालन गरिएको थियो । तालिममा ३० जनाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

तालिमको समापन बिहीबार टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार (बि.क.) ले गर्नुभएको थियो । तालिमले टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यको क्षमता अभिवृद्धि गर्नुका साथै समुदायस्तरमा सहकार्य, समन्वय र सामाजिक विकासका गतिविधि प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन


You must be logged in to post a comment.