टीकापुरमा सिटिईभिटीको आंगिक पोलिटेक्निक स्थापनाको सम्भाव्यता अध्ययन
लोक कल्याणकारी विज्ञापन

टीकापुर, १३ कात्तिक । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद् (सिटिईभिटी) को आंगिक पोलिटेक्निक स्थापना गर्ने सम्भाव्यता अध्ययनका लागि कोइका नेपालको टोली टीकापुर पुगेको छ ।
लोक कल्याणकारी विज्ञापन

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालको आर्थिक सहयोगमा टीकापुरमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजनाअनुसार टोलीले स्थापनाको सम्भाव्यता अध्ययन गर्न लागेको हो ।
लोक कल्याणकारी विज्ञापन

प्रस्तावित योजनाअन्तर्गत अटोमोबाइल, ब्युटिसियन, टेलरिङ र इलेक्ट्रिसियन विषयमा प्राविधिक शिक्षा तथा सीपमूलक तालिम सञ्चालन गर्ने तयारी छ । पोलिटेक्निक स्थापना भए स्थानीय युवालाई सीपमूलक तथा व्यावसायिक शिक्षा प्राप्त गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।
बिज्ञापन

यसबाट स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन गर्न तथा युवालाई रोजगारी र स्वरोजगारका अवसरसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

