प्रचण्ड मतले गोरखामा प्रचण्ड विजयी
बिज्ञापन
काठमाडौं । गोरखा क्षेत्र नं २ मा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतानतरले विजयी भएका छन् ।
बिज्ञापन
उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतान्तरले पराजित गरेका हुन् ।
अध्यक्ष प्रचण्डले २९ हजार १०३ मत प्राप्त गर्दा बुर्लाकोटीले १२ हजार ६३७ मत पाएका हुन् । संसदीय निर्वाचनमा निरन्तर विजयी हुदै आएका पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड सयअघि २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए ।
बिज्ञापन