प्रवास

प्रवासी नेपाली संघ भारतको सम्मेलन १८ डिसेम्बरमा मुम्बईमा हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :प्रवासी नेपाली संघ भारतको सम्मेलन १८ डिसेम्बरमा महाराष्ट्र राज्य को अधेरी गुन्दवलि म्युनिसिपल स्कुलको बिशाल हल अधेरी पुर्बमा हुने भएको छ।
चक्र बहादुर रावल र सुरेश बोहराको सयुक्त संयोजककत्वमा सम्मेलन आयोजना गरेको छ।
सम्मेलनलाई सफल पार्ने प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य प्रवास इन्चार्ज हरि घिमिरे ,केन्द्रिय अध्यक्ष लोकनाथ भन्डारी बिशिस्ट अतिथि रहनुहुने कुरा महाराष्ट्रका प्रचार प्रसार बिभाग प्रमुख महेन्द्र शाहीले मालिका समाचार लाई जानकारी दिनुभयो । सम्मेलनमा नेपाली सस्कृती झल्काउने सासकृतिक कार्यक्रम सहित रहेकोले प्रवासी नेपाली हरुको बाक्लो उपस्थिति रहेने कुरापनी शाहीले बताउनुभयो ।
स्मरणीय रहोस् मंसिर ४मा सम्पन्न निर्वाचनमा नेकपा एमाले लाई जिताउन संघका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारी , उपाध्यक्ष डम्बर रावल ,महासचिव टीका पौडेल ,सचिवालय सदस्य टेक रावल , बालकृष्ण ढकाल, लगायतका नेतृत्वमा हजारौं नेता कार्यकर्ता आफ्नो रोजगारी बाट छुट्टी लिएर नेपाल पुग्नु भएको थियो ।

यस अघि संघको महाराष्ट्र-गुजरात राज्य सयुक्त संगठन रहेकोले त्यस ताकाका भएका सम्मेलनको इतिहास लाई निरन्तरता दिदा यो आठौं सम्मेलन रहेको छ।
गुजरातमा संगठनको अलग राज्य समिति घोषणा गरेपछि गुजरात राज्यको अजय तिमिल्सिनाले गुजरातको नेतृत्व गरिरहनु भएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।