जलवायु

आज काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । देशभर चिसो बढ्दै गएको छ । आज काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो ।

बिज्ञापन

काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस थियो । यसअघि, यही पुस १३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम ३.१ डिग्री सेल्सियस थियो ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार यस दिन डडेलधुराको न्यूनतम तापक्रम २.९, ताप्लेजुङको ३, वीरेन्द्रनगरको ३.१, घोराहीको ४.३, दिपायलको ४.८, पोखराको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।