राजनीति

मालपोत कार्यलयमा बाहिर राति बस्ने गरेको बिषयमा सत्तारुढ र प्रतिपक्षी द्वारा ध्यानाकर्षण पत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मंसिर २१ टीकापुर टीकापुर नगरपालिकामा रहेको मालपोत कार्यलय बाहिर राती सेवाग्राही बस्ने गरेको देखिए पछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा पार्टीको ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।

जग्गा बिक्री, फुकुवा,रोक्का , गर्ने लगायतका विभिन्न सेवा ग्राहीका काम गर्दै आएको मालपोत कार्यलय टीकापुरमा पछिल्लो समय देखीएका केहि फरक गतिविधिकाकारण नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा नम्बर १ नगर कमिटीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरेको छ।

बिज्ञापन

मालपोतकार्यलय टीकापुरमा आर्थिक चलखेलका कारण सामान्य सेवाग्राही हरुले हप्तौं कुर्नुपर्ने र आर्थिक लेनदेन गर्नेको काम कम समयमै हुने गरेको हुदा आफ्नो कमिटी उक्त ध्यानाकर्षण पत्र मार्फत इलाका प्रशासन कार्यलय , इलाका प्रहरी कार्यलय ,नगरपालिका सम्म ध्यानाकर्षण पत्र बुझाएको हो, साथै उक्त कुरालाई लिएर कोरोना संक्रमणको संभावना लाई न्यूनीकरण गर्ने भने विगतमा लागु गरेको सेवा ग्राहीलाई दिने टोकन सिस्टम हटाउन कैलाली जिल्ला सिडिओ कार्यलयमा टेलीफोन मार्फत जानकारी गराइ हटाउन लगाएको पार्टीका नगर अध्यक्ष खडक शाहाले मालिका समाचारलाई जानकारी दिनुभयो ।

गग्राही नेपाल कम्युनिस्ट पार्टी नेकपा टीकापुर वडानम्बर १ नगरकमिटी द्वारा टिकापुर इलाका प्रशासन कार्यलय टीकापुर का प्रमुख शंकर बहादुर बिष्ट लाई हस्तान्तरण गरेको छ।

यसै गरि नेपाली काङ्ग्रेस नगर कार्य समितिले पनि मालपोत कार्यलयको कार्य ढिलासुस्तीले सेवाग्राहीमा पर्न गएको असर र आन्तरिक आर्थिक चलखेलको बारेमा ध्यानाकर्षण पत्र एक दिन अगावै बुझाएको नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले मालिका समाचार लाइ जानकारी दिनुभयो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा टीकापुर वडा नम्बर १ वडा कमिटी र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस नगरकार्य समिति द्वारा हस्तान्तरण गरेका दुबै ध्यानाकर्षण पत्र बुझ्दै ईलाका प्रशासन कार्यलय प्रमुख शंकर बिष्टले मालपोत कार्यलयको कार्यक्षेत्र फराकिलो भएको ,बिश्वब्यापी फैलिएको कोरोना भाइरसको महामारीले गर्दा बेला बेलाको लकडाउनले रोकिएका काम हरुको चाप बढेको र उपस्थित कर्मचारी हरुमा एकाद जनामा कोरोना पुष्टि भएको थियो ।

साथै कार्यभारको चाप अनुरुप कर्मचारीको संख्या नरहेको जस्ता विभिन्न कारणले यस्तो हुन गएको तर कहिँ कतै ध्यानाकर्षण पत्रमा उल्लेखित गतिविधि हरु कुनै पनि कर्मचारी बाट भए गरेको प्रमाण प्राप्त भएमा कार्वाहीको भागिदार हुनुपर्ने पनि बिष्टले सोही क्रममा बताउनु भयो आर्थिक गतिविधि बिशेश गरि कानुन व्यावसायिको नाममा बाहिर पट्टी थापिएका दोकान हरुबाट भएको हुनसक्ने बताउनु भयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply