अनौठो

मनकामनामा केबलकार एकसाता बन्द गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुस , १३
मनकामनामा केबलकार सेवा बन्द गरिने छ। केबलकारको मर्मतसम्भारका लागि सात दिन बन्द गरिने छ ।
यही पुष १४ गतेदेखि पुष २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
यसरी कोरोनाको कारणले नौ महीना बन्द भएको केबलकार गत मंसिर २८ गतेबाट पुन संचालनमा आएको थियो ।
संचालनकै पहिलो दिन एक हजार भन्दा बढी भक्तजनलाई सेवा दिन सफल भएको थियो।
केबलकारमा यसरी दैनिक यात्रु एवं भक्तजनको भिड बढने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले जानकारी दिए ।
नियमित मर्मतसम्भारपछि पुस २१ गते मंगलबारदेखी पुन नियमित सेवा संचालन गरिने मनकामना दर्शन प्रालिले बताएको छ ।
भक्तजनको चाप बढदै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरि मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको उनको भनाइ छ।
मनकामना केबलकारको सेवा बन्द रहेपनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मुल पुजारी इन्सान थापाले जानकारी दिए ।
सोही बटम स्टेसनमा रहेको मनकामना क्याफे भने नियमित संचालन रहने मनकामना दर्शन प्रालिले जनाएको छ।
उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन

Leave a Reply