विकास

नेपालमा रेल विस्तार गर्न रसिया तयार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन ,४

नेपालमा रेलवे विस्तार गर्न रसिया तयारी देखीएको छ।

बिज्ञापन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले सोमबार गरेको शिष्टाचार भेटमा रेलवे विस्तारमा रसिया लगानी गर्न इच्छुक रहेको जानकारी दिएको छ।

भेटमा मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीच समन्वय भई कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको जानकारी दिए ।

यसरी काठमाडौंको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको मन्त्री नेम्वाङको भनाइ थियो।

प्रविधि र दक्ष जनशक्तिका साथै लगानी अभाव भएको भन्दै मेट्रो रेलको रेखांकन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) समेत तयार भइसकेको र उक्त दस्ताबेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको मन्त्री नेम्वाङले बताए ।

भेटमा रसियन रेलवेका तर्फबाट आशयपत्रसमेत बुझाइएको मन्त्रीका प्रेस संयोजक सन्दीप राईले जनाएको छ।

रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको नेम्वाङले बताए ।

पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।

रसिया र विश्वका विभिन्न मुलुकमा रेलसम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालका लागि पनि यो काम कोसेढुंगा हुने रसियन प्रतिनिधिमण्डलले उल्लेख गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply