विकास

सन्त निरंकारी सत्संग भवन, टीकापुरद्वारा बाल संगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २ पुष । सन्त निरंकारी सत्संग भवन, टीकापुरद्वारा बाल संगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

टीकापुर सत्संग भवनमा उधौली पर्वको अवसरमा गत आइतबार आयोजित हाजिरी जवाफ प्रतियोगितामा ४ समूहले भाग लिएका थिए जसमा प्रह्लाद रावल र कला भुलले प्रतिनिधित्व गरेको ‘क’ समूहमा डेबिट थापा, अबिनाश बि.क., उन्नती साउँद, अनुजा बि.क., सन्तुष्ट रावल र कृतिका रावल रहेका थिए भने लक्ष्मी बोहरा र ललित बि.क. ले प्रतिनिधित्व गरेको समूह ‘ख’ मा निराजन बोहरा, अक्षय ओड, समिक्षा थापा, रेजिना भण्डारी, आरोन रावल र सिमरन सोडारी रहेका थिए त्यस्तै पार्वती बोहरा र हेमन्त रावलले प्रतिनिधित्व गरेको समूह ‘ग’ मा आनन्द धामी, आरोन रावल, मन्जुसा ओड, पूर्णिमा ठकुल्ला, रोशनी बोहरा, र शिशिर ठकुल्ला रहेका थिए र दिपा खड्का र ध्रुब कडायतले प्रतिनिधित्व गरेको ‘घ’ समूहमा रेशम भण्डारी, प्रशान्त रावल, अस्मी बि.क. प्रेरणा बि.क. चेतन साउँद र एलिसा बि.क. रहेका थिए ।
प्रतियोगितामा सामाजिक, आर्थिक, भौगोलिक, सांस्कृतिक, महान बाणी, बौद्धिक गुणांक, विज्ञान आदि लगाएत विभिन्न प्रकारका प्रश्नहरु सोधिएका थिए । सहभागीहरुले अधिकांश प्रश्नहरुको उत्तर मिलाउने प्रयास गरेका थिए । धेरै प्रश्नहरुको उत्तर मिलाएर प्रथम स्थान समूह ‘क’ ले हासिल गरेको थियो, त्यस्तै द्वितिय स्थान समूह ‘घ’ ले प्राप्त गरेको थियो, तृतिय स्थान समूह ‘ख’ ले प्राप्त गरेको थियो भने सान्तोना समूह ‘ग’ भएको थियो ।

बिज्ञापन


उक्त अवसरमा सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्लेले यस्तो प्रकारको हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेर बालबालिकाहरुको बौद्धिक विकासमा ठुलो टेवा पुग्ने बताउनु भएको छ । साथै उहाँले प्रतियोगितालाई अझै राम्रो र आकर्षित कसरी बनान सकिन्छ भनेर सुझाव पनि दिएका थिए । कार्यक्रम सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको संचालन सेवादल जवान प्रकाशमान ठकुल्लाले गर्नु भएको थियो । उहाँको प्रतियोगिता आयोजन गर्नुमा ठुलो भूमिका रहेको थियो । साथै उहाँले बाल संगतका बालबालिकाहरुलाई समय–समयमा आवश्यक दिशा निर्देशन दिदै आइराख्नु भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।