विकाससहयोग तथा उदार

स्थानीय युवाको सक्रियता चाप्टेमा काठेपुल निर्माण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असार ३२ अछाम
अछाम जिल्ला मेल्लेख गाउँपालीका-६ का दुई युवाको सक्रियतामा काठेपुल निर्माण सम्पन्न भएको छ।
मेल्लेख गाउँपालीका वडा नम्बर-६ बस्ने समाजसेवि मोती सिह ठकुल्ला र खम्म बोहराको सक्रियतामा स्थानीय साधन स्रोतको प्रयोगमा काठेपुल निर्माण गर्न सफल भएका छ्न।

औपचारिकता पूरा गर्ने उदेश्यले विभिन्न योजना हरु आउने कार्य सम्पन्न हुने भएपनि जनताका वास्तविक आवस्यकताहरु लाई त्यसता योजना हरुले नछुने राजनीति पार्टीका नेता कार्यकर्ता पालन पोषण गर्ने खालको नेपाली विकास मोडललाई यो कार्यले सन्देश दिन खोजेको समाजसेवी मोती सिह ठकुल्लाले मालीका समाचार लाई बताए ।

बिज्ञापन

स्तानिय निकय तथा सरकारको भर नपरी मोति सिह ठकुल्ला र खम्म बोहराको अगुवाइमा स्तानिय हरुको सहकार्यमा सरानी चाप्टे खोलामा काठेपुल निर्माण सम्पन्न भएको पनि ठलुल्लाले थपे ।

उक्त काठेपुल निर्माणमा मोती सिंह ठकुल्ला, खम्म बोहरा संगै वीर सिंह ठकुल्ला, प्रेम बोहरा ,देबेन्द्र रावल, प्रेम कडायत, भवान सिह कडायत , चन्द्र बि क , अर्जुन कडायत ,कृष्ण बोहरा महेन्द्र ठकुल्ला सुनिल वड, जीवन ठकुल्ला ,धिराज ठकुल्ला ,महेश बि क ,रोसन बि क लगायतले योगदान पुर्याएर समाज बाट युवाहरूले केहि लिनु भन्दा समाजलाई केहि दिनु पर्छ भन्ने सन्देश प्रवाह गरेका छन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।