खेलकुद

सुदूरपश्चिमका नरेन साउँदले एनपीएलमा बनाए रेकर्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : सुदूरपश्चिम रोयल्सका नरेन साउँद नेपाल प्रिमियर लिगमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्। यू–१९ एसिया कप खेलेर नेपाल फर्किएका १८ वर्षीय नरेनले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिएका हुन्।

देब्रे हाते स्लोआर्म अर्थोडक्स बलर नरेन ३ दशमलव ५ ओभरमा १९ रन दिएर ५ विकेट लिन सफल भए। नरेनको घातक बलिङमा सुदूरपश्चिमले काठमाडौंलाई ७२ रनको फराकिलो अन्तरले पराजित ग¥यो।

बिज्ञापन

डेब्यु खेलमै पाँच विकेट लिएका नरेन प्लेयर अफ दि म्याच पनि बन्न सफल भए। यसअघि चितवन गुर्खाजका सोहेल तनवीरले काठमाडौंविरुद्ध एकै खेलमा पाँच विकेट लिएका थिए।

तर, उनी विदेशी खेलाडी हुन्। पाकिस्तानका ३९ वर्षीय पेस बलर सोहेलले पाँच विकेट लिने क्रममा चार ओभर पुरै बलिङ गर्दै २१ रन खर्चिएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।