घटना

मृत्यु अवस्थामा भेटिए एकै परिवारका तीन जना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन ,१०

लोक कल्याणकारी विज्ञापन

गोरखाको बारपाकमा एउटै परिवारका तीन जना मृत्यु अवस्थामा भेटिएका छन ।

लोक कल्याणकारी विज्ञापन

गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका -१ बारपाकमा एक जना वृद्ध एक जना महिला र एक बालीका सोमबार बिहान मृत भेटिएका हुन ।

बिज्ञापन

मृत्यु भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन्।

राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए।

‘उनीहरूको मुखमा फिँज आएको छ। अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भने,‘उनीहरूको अवस्था हेर्दा हत्या गरेजस्तो देखिन्न। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय जौंबारीको टोली जाँदै छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply